Connect with us
Advertisement

गोठगाउँस्थित आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित डिस्चार्ज

Published

on

विराटचोकः सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्रको आइसोलेसनबाट आज ३६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँको आइसोलेसनमा उपचाररत् ३९ जनाको यसरी गरियो डिस्चार्ज (फोटो फिचर)

सुन्दरहरैंचाका सहित ३९ जना संक्रमित डिस्चार्ज

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरी बल र नोबेल हस्पिटलबीच सम्झौता

Published

on

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।

अब नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले नोवेलमा उपचार गर्दा सहुलियत शुल्कमा उपचार सेवा प्राप्त गर्ने छन् ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलबाट उपलव्ध गराएको परिचय पत्र वा रिफर भई आएका विरामीहरुलाई नोवेल शिक्षण अस्पतालको बहिरङ्ग विभागमा दर्ता शुल्क निःशुल्क गरिनुका साथै बहिरङ्ग विभाग र भर्ना भई उपचार गराउदा २५ प्रतिशत छुट हुने छ भने नोवेलले संचालन गरेको फार्मेसीमा औषधीहरु खरिद गर्दा ५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । यो सुविधा प्राप्त गर्न परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

 

कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट अस्पताल निर्देशक डा. राजेश नेपालले हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरेर सम्झौताको औपचारिक सुरुआत गरेका थिए । सहमति पत्रमा साक्षीको रुपमा स. प्र. उ. समेनन्द बज्राचार्य, नोवेल मेडिकल कलेजका प्राचार्य डा. रामहरी घिमिरे र समन्वयकर्ताको रुपमा प्रा. स. प्र. नि. डा. महिमा सिटौलाको हस्ताक्षर रहेको छ ।

सम्झौता एक वर्ष सम्मको लागि गरिएको नोवेल शिक्षण अस्पतालका अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । उनका अनुसार नोवेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरु संग समन्वय गरी लक्षित बर्ग, समुदाय, नेपाल प्रहरी लगायत धेरैलाई स्वास्थ्य उपचारमा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्न सम्झौता गरी सो अनुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सशस्त्र प्रहरीका बहालवाला, अवकाश प्राप्त कर्मचारीहरु, उनीहरुका आश्रित परिवार र अमर सहिदका परिवारलाई सहुलियत सहितको स्वास्थ्य उपचार सेवा दिन पाउँदा हर्षित भएको उनले बताए ।

Continue Reading

Banner

आज – १६ जेठ २०८१ बुधवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ—

Published

on

मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ— ” म भावुक मान्छे हु । आमा नभएको मान्छे भएर होला, श्रीमती गुमाएको देखि झनै भावुक छु । म सबै तीन करोड नेपालीलाई आफ्नो ठान्छु । म सबैको हित चाहने, कसैलाई नराम्रो नहोस् भने सोच्छौं । तर पनि सधैँ राम्रो नहुन सक्छ, हुँदैन पनि । मैले बोल्दा पूरा बोलिन, पछि पत्रकार भाई गएपछि पूरा गर्न पनि पाइन् । यसैले मैले जति बोले त्यो प्रति पश्चताप छ

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक